८ मंसिर २०८१, शनिबार

रक्षामन्त्री राईको स्पष्टिकरणः अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन्

प्रकाशित मिति :  11 November, 2024 3:44 pm


काठमाडाैँ । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा सत्यता नरहेको बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एक जना रथी आएको तर दलबलसहित अरू अमेरिकी सेना नेपाल आएको भन्नेकुरा सत्य नभएको बताएका हुन् । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सो प्रश्न मन्त्री राईलाई गरेका थिए । उनले एक जना रथी आएपनि अरु अमेरिकी सेना नेपाल नआएको प्रष्टयाए ।

त्यस अवसरमा मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !