गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ
प्रकाशित मिति : 12 November, 2024 11:29 am
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य एंव पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । गुरुङलाई मंगलबार बिहान काठमाडौँको स्वयम्भु नजिकै सानो भर्याङबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेसँगै अदालतको फैसला कार्यान्वयनका लागि उनलाई कारागार चलान गरिने छ । व्यक्ति हत्या प्रयासको आरोपमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको थियो ।
दुई ग्याङस्टरबिचको झगडामा चक्रेमिलनमाथि तरबार प्रहार गरेको अभियोगमा मुद्दा चलेको २० वर्षपछि सर्वोच्चले अन्तिम फैसला सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको ५ वर्ष कैद सजायलाई सर्वोच्चले सदर गरेको हो ।