६ मंसिर २०८१, बिहिबार

लुम्बिनी प्राविधिक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयबिच पारस्परिक सम्बन्ध र सहयोग आदानप्रदान गर्ने बारे छलफल

प्रकाशित मिति :  12 November, 2024 2:56 pm


दाङ । लुम्बिनी प्राविधक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयपछी पारस्परिक सम्वन्ध तथा सहयोग आदान प्रदान गर्ने बारे प्रक्रिया अघि बढेको छ ।

चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भइरहेको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ रहनु भएका मुख्यमन्त्री आचार्य संग मंगलबार विश्व वौद्ध संस्कृती आदान प्रदान यूनियनका उपाध्यक्ष चेन होङ्ग क्वानी र सिचुआन विश्व विद्यालयका नेपाल अध्ययन विभागका निर्देशक ह्वाङ चोङले सिस्टाचार भेट गरेका हुन् ।

सो क्रममा लुम्बिनी प्राविधिक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयबिच पारस्परिक सम्वन्ध तथा सहयोग आदानप्रदान बारे छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । “प्रदेशको विकास संग दक्ष प्राविधिक जनशक्ति उत्पादन देखी समग्र विकासमा कसरी साझेदारी गर्न सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित थियो,”भुशालले भने, “आगामी दिनहरुमा सहयोग र समन्वयको निरन्तरता बारेमा पनि कुराहरु भएका छन् ।”

भेटको क्रममा प्रदेशको समग्र विकास, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास, लुम्बिनीमा हुन गइरहेको चौथो एसिशयाली बौद्ध सम्मेलन र त्यही समयमा लुम्बिनी लगानी सम्मेलनको बारेमा समेत कुराकानी भएको थियो । भेटपछी मुख्यमन्त्री आचार्यले प्रदेशको तर्फबाट मायाँको चिनो स्वरुप ढाका टोपी र पानस प्रदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !