६ मंसिर २०८१, बिहिबार

जलनका सबै बिरामीको निःशुल्क उपचार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति :  12 November, 2024 5:54 pm


काठमाडाैँ । स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरुलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताएका छन् ।

चालु आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन विरामीहरुको उपचार निःशुल्क गर्नेगरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाई थियो ।

मंगलवार अपरान्ह जलन पीडितहरुसँगको छलफलमा उनले जलन पीडितका लागि उपचार सेवाको बिस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको पनि बताए । हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरेको भएपनि त्यसलाई जिल्ला अस्पतालसम्म पु¥याउने योजना तय गरिएको पनि मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले जनशक्तिको अभावमा पनि नेपालमा जलनका बिरामीहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पु¥याउने सम्भावना नभएको पनि स्पष्ट पारे । कार्यक्रममा जलन पीडितहरुले जलनका बिरामीको उपचार सहज बनाउने मन्त्री पौडेलले खेल्नुभएको भुमिकाको प्रशंशा गरेका थिए । 



प्रतिक्रिया दिनुहोस !