८ मंसिर २०८१, शनिबार

रास्वपाको उम्मेदवारको मनोनयन पत्रको जिम्मेवारी कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई

प्रकाशित मिति :  13 November, 2024 1:14 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १६ गते हुन गइरहेको स्थानीय तह सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र प्रदान गर्ने जिम्मेवारी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सुम्पेको छ।

कात्तिक २७ गते बसेको पार्टी सचिवालयको बैठकले पार्टी सभापति रवि लामिछानेलाई यस जिम्मेवारी दिने निर्णय गरेको थियो, तर वर्तमान अनपेक्षित परिस्थितिलाई ध्यानमा राखी सर्वसम्मत रूपमा यो जिम्मेवारी कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई सुम्पने निर्णय भएको हो।

निर्णय अनुसार, निर्वाचन आयोगमा औपचारिक पत्र पठाई पार्टीको मनोनयन पत्र हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिने जानकारी गराइएको छ।



प्रतिक्रिया दिनुहोस !