७ मंसिर २०८१, शुक्रबार

नागढुङ्गाको चेकप्वाइन्टमा २० ग्राम लागुऔषधसहित दुई जना पक्राउ

प्रकाशित मिति :  13 November, 2024 4:46 pm


काठमाडाैँ । काठमाडौँको नागढुङ्गा चेकप्वाइन्टमा काकडभिट्टादेखि काठमाडौँ आउँदै गरेको बसमा लागुऔषध बरामद भएको छ। प्रहरीले बा.प्र.०३-००१ ख २९९५ नम्बरको यात्रुवाहक बसको अन्तिम सिटमा बसेका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका वडा नम्बर १४ का २५ वर्षीय अनिल भट्ट र मोरङ बेलवारी नगरपालिका वडा नम्बर ०५ का २१ वर्षीय टेक बहादुर पुरी रहेका छन्। उनीहरूको सिटमुनि लुकाई राखिएको कालो प्लाष्टिकमा पोको पारिएको २० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको छ।

प्रहरीले बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !