गण्डकी प्रदेश सांसद विमला गौचनको निधन
प्रकाशित मिति : 14 November, 2024 8:35 am
काठमाडौँ । गण्डकी प्रदेश सांसद विमला गौचनको निधन भएको छ । गौचनको हृदयघातका कारण बुधबार राति काठमाडौंमा निधन भएको हो ।
काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचार गराइरहेकी गौचनलाई गएराति हृदयाघात भएको थियो । बुधबार राति गौचनलाई ग्राण्डी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् । उनको शव अस्पतालमै राखिएको छ । उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।