३० कार्तिक २०८१, शुक्रबार

शंकर पोखरेलको दाबीः जनताले प्रमुख दलहरूबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन्

प्रकाशित मिति :  15 November, 2024 3:56 pm


काठमाडाैँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन् ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा पार्टीको तर्फबाट आगामी मंसिर ७ गते काठमाडौँमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् । महासचिव पोखरेलले प्रमुख दलहरुप्रति जनता असन्तुष्ट छन् भन्नेकुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले सो जागरण अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारे । नेपाली जनताले प्रमुख दलहरूबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको महासचिव पोखरेलको जिकिर थियो । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा सो पार्टीले आन्दोलन गर्नु उचित नभएको पनि दोहो¥याए ।

महासचिव पोखरेलले सरकारलाई काम गर्नका लागि उचित वातावरण बनाउनका लागि सत्तारुढ काँग्रेस–एमालेले संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाउने काम गरेको पनि बताए । सो संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने उनको स्पष्टीकरण थियो ।



प्रतिक्रिया दिनुहोस !