२ मंसिर २०८१, आइतबार
स्वास्थ्य

स्याङ्जामा कात्तिकमा १३४ जना डेङ्गीबाट संक्रमित, गल्याङमा सबैभन्दा बढी

गल्याङ्मा ४६ जना संक्रमित भएका छन् भने वालिङ नगरपालिका ३३ जना संक्रमित छन्
प्रकाशित मिति :  17 November, 2024 2:36 pm


स्याङ्जा । स्याङ्जा जिल्लामा गत कात्तिक महिनामा सयभन्दा बढी व्यक्ति डेङ्गीबाट संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय स्याङ्जाको तंथ्याक अनुसार कार्तिक १ गतेदेखि ३० गतेसम्म १३४ जना संक्रमित भएका हुन् । जिल्लामा रहेका ११ वटा पालिकामा सबैभन्दा बढी गल्याङ् नगरपालिमा ४६ जना संक्रमित भएका छन् भने वालिङ नगरपालिका ३३ जना संक्रमित छन् ।

अन्य क्षेत्रहरूमा पनि डेङ्गीका बिरामीहरूको संख्या बढ्दाे नै छन् । चापाकोट नगरपालिका १७, भीरकोट नगरपालिका १६, कालिगण्डकी नगरपालिकामा २, फेदीखोला, आधिखोला, र पुतलीबजारमा प्रत्येक स्थानमा १\१ बिरामी देखा परेकाे स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएकाे छ । त्यसैगरि बिरुवा र अर्जुनचौपारीमा क्रमशः ० र २ बिरामी फेला परेका छन्, भने हरिनासमा ३ बिरामी संक्रमित भएका छन्।

स्वास्थ्य कार्यालय स्याङ्जा अनुसार स्याङ्जा अस्पतालमा ११ बिरामी उपचार गरिरहेका छन् । गल्याङ र वालिङ क्षेत्रमा तत्काल सरसफाइ, जनचेतना, र लामखुट्टे नियन्त्रणका कार्यक्रमहरू आवश्यक देखिएकाे स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !