कीर्तिपुरको मेयरमा एमालेका डा. मानन्धरको उम्मेदवारी
प्रकाशित मिति : 17 November, 2024 3:03 pm
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा सत्तारुढ नेकपा एमालेबाट डा। सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४ को अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।
कीर्तिपुरको मेयरमा एमालेबाट मानन्धरसहित नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा।डा।शिवशरण महर्जन, राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन् ।