विवाहपञ्चमीको निम्तो दिन गएकाहरूलाई भारतीय सीमामा भव्य स्वागत
प्रकाशित मिति : 17 November, 2024 4:30 pm
काठमाडाैँ । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट तिलक र आमन्त्रण पत्रसहित अयोध्या जान लागेका विश्व हिन्दु परिषद्का सदस्यहरूलाई भारतीय सीमानामा भव्य स्वागत गरिएको छ ।
भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि प्रस्थान गरेका उनीहरूलाई भारतमा भव्य स्वागत गरिएको हो । तिलक लिएर जाने टोलीमा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहसमेत छन् ।
तिलक लिएर जाने समूह आज नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएकाे छ ।