२ मंसिर २०८१, आइतबार

चार देशका राजदुतहरूले लिए राष्ट्रपति पौडेलबाट शपथ ग्रहण

प्रकाशित मिति :  17 November, 2024 6:00 pm


काठमाडाैँ । चार देशका राजदुतहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पाकिस्तान, कतार, इजरायल र जनवादी गणतन्त्र चीनका लागि अनुमोदित राजदुतहरुलाई आईतवार शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

शपथग्रहण गर्ने राजदुतहरुमा कतारका लागि अनुमाेदित रमेशचन्द्र पौडेल, इजरायलका लागि अनुमोदित प्राध्यापक धनप्रसाद पण्डित, जनवादी गणतन्त्र चीनका लागि अनुमोदित प्राध्यापक डा.कृष्णप्रसाद ओली र पाकिस्तानका लागि अनुमोदित रिता धिताल छन् ।



प्रतिक्रिया दिनुहोस !