३ मंसिर २०८१, सोमबार

उपनिर्वाचनः आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने, मतदान मंसिर १६ गते

प्रकाशित मिति :  18 November, 2024 10:32 am


काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगले उम्मेदवारमाथि उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ।

सोमबार नै अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । आउँदाे मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !