३ मंसिर २०८१, सोमबार

बैकुण्ठ अर्यालले दिए राजीनामा

प्रकाशित मिति :  18 November, 2024 11:29 am


काठमाडौं । डा. बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगको मुख्य सचिव सरह भुमिकामा रहेका अर्यालले विशेष अदालतबाट सफाई पाएसँगै राजीनामा दिएका हुन् ।

मुख्य सचिव अर्याल निलम्बनमा परेसँगै उनको राष्ट्रिय योजना आयोगमा सरुवा भएको थियो । अन्तशुल्क स्टिकर छपाईमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायार गरेको थियो । सो मुद्दामा कार्तिक १४ गते फैसला गर्दै अर्याललाई निर्दोष ठहर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !