३ मंसिर २०८१, सोमबार

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा काँग्रेसले मंसिर ४ गते केन्द्रिय कार्यालय बन्द गर्ने

प्रकाशित मिति :  18 November, 2024 12:58 pm


काठमाडाैँ । नेपाली काँग्रेसले पूर्वसभामुख एवं पार्टीका नेता दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते पार्टी केन्द्रिय कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ

सोमवार बिहान बसेको पार्टी केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुंगानाकोप्रति शोक प्रस्ताव पारित गर्दै २ दिन पार्टीको आधा झण्डा झुकाउने र मंसिर ४ गते मंगलवार पार्टीको केन्दिय कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले उनको निधन भएको १३ औं पुण्यतिथिको दिन पार्टी केन्द्रिय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए । काँग्रेसद्वारा जारी शोक प्रस्ताव  स्वर्गीय ढुंगानाले मानव अधिकार, न्याय क्षेत्र, बिद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै लागि उनले पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ । 

बैठकमा बोल्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय ढुंगानाले पार्टी र सभामुखको रूपमा खेलेकाे निष्पक्ष भुमिका सदा स्मरणीय रहिरहने बताए ।

पूर्वसभामुख ढुंगाना २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भुमिका निर्वाह गरेका थिए ।उनले सभामुखको रुपमा संसद संसद प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यसैगरी स्वर्गीय ढुंगानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रुपमा समेत उहाँको सक्रिया भुमिका खेलेको पनि काँग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !