स्व. ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा चिन्नेछन्ः अध्यक्ष दाहाल
प्रकाशित मिति : 18 November, 2024 2:53 pm
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविष्मरणीय योगदान गरेकाे बताएका छन् ।
सोमवार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुग्नुभएका उनले स्व. ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झि रहने बताएका हुन् । दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भुमिका अविष्मरणीय रहेको बताए ।
अध्यक्ष दाहालले नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा ढुंगानालाई सधैँ स्मरण गर्ने बताए ।