४ मंसिर २०८१, मंगलबार

‘शौचालय आत्मसम्मान र सुरक्षाको लागि आधारभुत आवश्यकता हो’

प्रकाशित मिति :  19 November, 2024 6:26 pm


काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र बढ्दो द्वन्द्वका कारण सरफाई जस्तो आधारभुत अवश्यकता पूरा हुन नसक्दा मानव जीवनमा खतरा बढ्दै गएको बताएका छन् ।

मंगलवार ‘विश्व शौचालय दिवस–२०२४’को अवसरमा काठमाडौं आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरसफाईको आधारस्तम्भ शौचालय भएको उल्लेख गर्दै सार्वजनिक स्थानमा शौचालय निर्माण गरि निरन्तर प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका हुन् ।

उनले शौचालय नितान्त व्यक्तिगत सरसफाई र स्वच्छताको केन्द्रबिन्दुमा रहेको भौतिक संरचना मात्र नभई आत्मसम्मान र सुरक्षाको लागि आधारभुत आवश्यकता भएको बताए ।उनले प्रदुषणरहित वातावरण सिर्जना गर्न तथा  प्रदुषणजन्य सरुवा रोगहरु र सरसफाईको कमिले निम्त्याउने रोगहरू नियन्त्रणका गरि वातावरण सुरक्षित गर्न ठूलो योगदान दिएको कारण शौचालय समृद्धिको सूचक भएको उल्लेख गरे । 

सुधारिएको शौचालय सुविधाले नेपालमा बालबालिकाहरुमा झाडापाखाला जस्तो महामारी न्युृनिकरण गर्न महत्वपूर्ण योगदान दिएको मन्त्री यादवको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस !