५ मंसिर २०८१, बुधबार

लोकरिझ्याँईको राजनीति गलत, सही पात्रको अभावले देश विकासमा बाधा भयोः मन्त्री गुरुङ

प्रकाशित मिति :  20 November, 2024 2:50 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको बताएका छन् ।

बुधवार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली समाज नै ढोंगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताएका हुन् । उनले कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ जस्ता लोकरिझ्याँईका अभिव्यक्ति दिनु नहुने बताए ।

उनले नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेपछि र पार्टी एवं नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको बताउनु भयो । सही पात्र नपाउँदा देश विकास हुन नसकेको मन्त्री गुरुङको भनाइ छ । उनले विषय विज्ञहरुलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताए । मन्त्री गुरुङ नयाँ चलचित्र ऐन, २०८१\०८२ भित्र ल्याइसक्ने प्रतिवद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस !