असार होइन जेठभित्रै काम सक्छौं-मन्त्री ढकाल
दाङ । लुम्बिनी प्रदेशको सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक बर्षमा विनियोजन भएका योजना कार्यान्वयनलाई तिब्रता दिएको छ ।
चालु आर्थिक वर्षमा विनियोजन भएका सबै आयोजनाको काम जेठ महिनाभित्र सम्पन्न गर्नेगरी कार्यसम्पादनको काम अघि बढेको हो । असारे विकासलाई निरुत्साहित गर्न जेठ महिना भित्र सबै निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन चरणमा रहेका मध्य ८ वटा पक्कि पुल, २० किलोमिटर सडक कालोपत्रे, दुई वटा झोलुंगे पुल यो चार महिनाको अवधमिा सम्पन्न गर्दै योजना कार्यान्वयनलाई तिब्र पारेको छ । असारे विकास प्रवृत्तिलाई निरुत्साहित गर्न जेठ महिना भित्र निर्माणको काम सक्नेगरी मन्त्रालयले बनाएको योजना कार्यान्वनयमा लगिएको हो ।
मन्त्रालयमा चौमासिक समीक्षा कार्यक्रमको आयोजना गर्दै मन्त्री ढकालले योजना कार्यान्वयनलाई तिब्रता दिन निर्देशन दिए । ‘‘असारे विकासको प्रवृत्ति रोक्नका लागि यसपालि कडाईकासाथ कार्यसम्पादनको कामलाई अघि बढाइएको छ’‘, मन्त्री ढकालले भने, ‘‘कार्ययोजना निर्माण गरेर कामलाई गति दिइएको छ भने गुणस्तरीयताको बारेमा आयोजनाको अनुगमनलाई पनि तिब्र पारेका छौं ।’‘
भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन गर्ने चालु आर्थिक वर्षमा दुई हजार एक सय २० योजना छन् । जसमध्ये बहुवर्षिय आयोजनाको रुपमा ८४ वटा आयोजना प्रस्तावित छन् । यो चार महिनाको अवधिमा ३८ वटा आयोजना सम्पन्न भइसकेका छन् भने कार्यान्वयनको चरणमा सात सय ७९ वटा आयोजना रहेको मन्त्रालयलका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए । ‘‘यो चार महिनाको अवधिमा योजनाहरु ठेक्का लगाउन चाहिने कार्यविधिहरु निर्माण गर्यौं । ठेक्का पनि लगायौं । कार्यान्वयनको गति बढेको छ’सचिव पाण्डेले भन्नुभयो,‘सबै हिसावले कार्यसम्पादनलाइ उत्कृष्ठ बनाउनेगरी काम अघि बढेको छ ।’’
- तस्विरः भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित चौमासिक समीक्षा बैठक
भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन गर्ने चालु आर्थिक वर्षमा दुई हजार एक सय २० योजना छन् । जसमध्ये बहुवर्षिय आयोजनाको रुपमा ८४ वटा आयोजना प्रस्तावित छन् । यो चार महिनाको अवधिमा ३८ वटा आयोजना सम्पन्न भइसकेका छन् भने कार्यान्वयनको चरणमा सात सय ७९ वटा आयोजना रहेको मन्त्रालयलका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए । ‘‘यो चार महिनाको अवधिमा योजनाहरु ठेक्का लगाउन चाहिने कार्यविधिहरु निर्माण गर्यौं । ठेक्का पनि लगायौं । कार्यान्वयनको गति बढेको छ’सचिव पाण्डेले भन्नुभयो,‘सबै हिसावले कार्यसम्पादनलाइ उत्कृष्ठ बनाउनेगरी काम अघि बढेको छ ।’’
नौं सय २ आयोजना खरिद पक्रियामा रहेका छन् । जम्मा आयोजना मध्य दुई सय ८९ वटा आयोजना अव कार्यान्वयनमा लैजाने अन्तिम तयारी छ । कार्यान्वयनको चरणमा रहेका आयोजना मध्ये महिनाको अवधिमा २० किलोमिटर सडक कालोपत्रे गरिएको छ । दश किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ । ६ किलोमिटर सडक नयाँ ट्याक खोलिएको छ । २४ किलोमिटर सडक विस्तार गरिएको छ ।
६ किलोमिटर सडक ग्राभेल गरिएको छ । ढलान गरेको चार सय मिटर पक्कि सडक निर्माण भएको छ । कल्भर्ट तथा साना पुल पुलेसा ३० वटा सम्पन्न भएको बार्षिक समिक्षामा उल्लेख गरिएको छ । पक्की नाला १३ किलोमिटर निर्माण गरिएको छ । एक हजार नौं सय घनमिटर तारजाली सहितको टेवा पर्खाल निर्माण गरिएको छ । पक्कि मेसिनरी टेवा पर्खाल दुई हजार चार सय घन मिटर निर्माण गरिएको छ । यो अवधिमा ८ वटा सडक पुल र दुई वटा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् । मन्त्रालयले चार महिनाको अवधिमा पुँजीगत खर्च ६ दशमलव ८ प्रतिशत पु¥याएको जनाएको छ । अव पुँजीगत खर्चको दर ह्वात्तै बढ्ने मन्त्रालयको भनाई छ ।
नौं सय २ आयोजना खरिद पक्रियामा रहेका छन् । जम्मा आयोजना मध्य दुई सय ८९ वटा आयोजना अव कार्यान्वयनमा लैजाने अन्तिम तयारी छ । कार्यान्वयनको चरणमा रहेका आयोजना मध्ये महिनाको अवधिमा २० किलोमिटर सडक कालोपत्रे गरिएको छ । दश किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ । ६ किलोमिटर सडक नयाँ ट्याक खोलिएको छ । २४ किलोमिटर सडक विस्तार गरिएको छ ।
६ किलोमिटर सडक ग्राभेल गरिएको छ । ढलान गरेको चार सय मिटर पक्कि सडक निर्माण भएको छ । कल्भर्ट तथा साना पुल पुलेसा ३० वटा सम्पन्न भएको बार्षिक समिक्षामा उल्लेख गरिएको छ । पक्कि नाला १३ किलोमिटर निर्माण गरिएको छ । एक हजार नौं सय घनमिटर तारजाली सहितको टेवा पर्खाल निर्माण गरिएको छ । पक्कि मेसिनरी टेवा पर्खाल दुई हजार चार सय घन मिटर निर्माण गरिएको छ । यो अवधिमा ८ वटा सडक पुल र दुई वटा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् । मन्त्रालयले चार महिनाको अवधिमा पुँजीगत खर्च ६ दशमलव ८ प्रतिशत पु¥याएको जनाएको छ । अव पुँजीगत खर्चको दर ह्वात्तै बढ्ने मन्त्रालयको भनाइ छ ।
प्रादेशिक सडक गुरुयोजना अन्तिम चरणमा
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ । अब मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लग्न बाँकी रहेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताउनु भयो ।
प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने भएपछि प्रदेश सरकारले गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको मन्त्री ढकाललको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा सडक निर्माण, मर्मत संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको थियो । यो ऐनलाई कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले अहिले प्रादेशिक सडक गुरुयोजना निर्माणको काम अघि बढाएको हो ।