१६ माघ २०८१, बुधबार

राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

प्रकाशित मिति :  21 November, 2024 11:18 am


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई श्रद्धाञ्जली दिन उनको निवास पुगेका छन् ।

बिहीवार बिहान राष्ट्रपति पौडेल स्व. ढुंगानाको परिवारसँग भेट गर्न बत्तिसपुतलीस्थित निवासमा पुगेका हुन् । राष्ट्रपति पौडेलसँगै उनकी धर्मपत्नी सविता पौडेल पनि स्व.ढुंगानाका परिवारजनलाई समवेदना प्रकट गर्न उनको निवास पुगेका थिए ।

ढुंगाना निवासमा राष्ट्रपति पौडेलले परिवारसँग कुराकानी गरी उनको समवेदन प्रकट गरे ।



प्रतिक्रिया दिनुहोस !