६ मंसिर २०८१, बिहिबार

मोटरसाइकल चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  21 November, 2024 11:24 am


काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट मंगलबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर १ घर भइ काठमाडौँको बिजुलीबजार बस्ने १८ वर्षीय उच्वल लामालाई बागमती प्रदेश ०२-०४३ प ६२ २८ नम्बरको मोटरसाइकल सहित काठमाडौँको एयरपोर्ट नजिकै शंकाष्पद अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर बा ९२ प ७३ १९ रहेको उक्त मोटरसाइकल काठमाडौँको चमतीबाट हराएको भनि कन्हैया प्रसाद महतोले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

लामालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर २ लाकुरीभञ्ज्याङमा लुकाइराखेको बागमती प्रदेश ०२-०५३ प ६६ ९९ नम्बरको अर्को मोटरसाइकल समेत फेला परेको थियो । काठमाडौँको पशुपती शवगृह स्थित पार्किङ स्थलबाट हराएको बागमती प्रदेश ०२-०४५ प ६२ ९६ नम्बरको मोटरसाइकल खोजतलासका लागी सागत राना मगरले निवेदन दिएका थिए । नियन्त्रणमा आएका लामालाई आवश्‍यक अनुसन्धानका लागी प्रहरी वृत्त स्वयम्भू पठाइएको छ ।

त्यस्तै, काठमाडौँको महादेवस्थानबाट पनि हिजै चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२-०३४ प २६८२ नम्बरको मोटरसाइकल सहित ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर २ का ३० वर्षीय सुरेश सिलवाललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाईकल ललितपुरको एकान्तकुना स्थित सुजुकी ट्रायल सेन्टर नजिकबाट हराएको भनि रामकुमार के।सि।ले खोजतलासको लागि निवेदन दिएका थिए । पक्राउ परेका सिलवाललाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !