नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित
प्रकाशित मिति : 21 November, 2024 5:05 pm
काठमाडाैँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । समिति सभापति तुलसाकुमारी दाहालले मस्यौदा प्रतिवेदनउपर लामो समयको छलफलपछि पारित गरेको जानकारी गराइन्। कार्यअनुभवका आधारमा प्रतिवेदनउपर छलफल गरी पारित गरेको बताइन् ।
प्रतिवेदनमा रहेका केही बुँदाहरू भने पुनः छलफल गरी अघि बढाइने सभापति दाहालको भनाइ छ ।