७ मंसिर २०८१, शुक्रबार
जागरण सभा

वर्तमान सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहन्छः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  22 November, 2024 3:23 pm


काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँगको सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् ।

सरकार दशाैँ, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरूले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम फैलाउने काम गरिरहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले सरकार आगामी २०८४ साल मंसिरमा हुने निर्वाचनसम्म कायमै रहने दाबी गरे । २०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

शुक्रवार काठमाडौँमा नेकपा (एमाले) काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले संयुक्त रूपमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले अवको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै उनले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरूले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अफठ्याराेमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन काँग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पारे । 



प्रतिक्रिया दिनुहोस !