७ मंसिर २०८१, शुक्रबार

बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा केन्द्रित भएर काम गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति :  22 November, 2024 5:27 pm


काठमाडाैँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बैंक तथा वित्तीय संस्थाहरूलाई कृषि क्षेत्रको हितमा केन्द्रित भएर काम गर्न आग्रह गरेका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कृषकहरू आर्थिक रुपमा अफठ्याराे अवस्थामा रहेको उल्लेख गर्दै उनीहरूलाई सहज हुने खालको नीति तथा योजना अघि बढाउन कृषि विकास बैंक लगायतका संस्थाहरूलाई सचेत गराए । नेपाल कृषि प्रदान देश भनेर चिनिएको स्मरण गराउँदै उनले कृषकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरूको हितमा केन्द्रित भएर सम्बन्धित निकायहरूले काम गर्नुपर्ने पनि स्पष्ट पारे । 

“नेपाललाई हामी कृषिप्रदान देश भनेर भन्छौं । कृषि प्रदान देशमा कृषकहरूलाई आर्थिक तवरले वित्तीय अवस्थालाई सुधार गर्नमा यो कृषि विकास बैंक लिमिटेडले धेरै ठूलो भुमिका निर्वाह गर्दै आइरहेको कुरा देशव्यापी रुपमा सबैलाई थाहा भएको कुरा हो । अहिले यो कृषि विकास बैंक जुन छ । खुला अर्थनीतिको पोलिसी २०४६ सालपछि अघि बढेपछि धेरै प्राईवेट बैंकहरू आईसकेका छन् । आफूले पनि समयलाई राम्रोसँग बुझेर, त्यसको मागलाई  बुझेर कृषि र कृषकहरुलाई ध्यानमा केन्द्रित गरेर कृषि विकास बैंकले कसरी सहजीकरण गर्ने भन्ने कुरामा जोड दिनुपर्छ भन्ने कुरा तपाईहरुको गतिविधिबाट भईनै रहेको छ । अब त्यहाँका कर्मचारीहरु हितमा पनि लाग्नु पर्दछ भन्ने मलाई लागेको,”उनले भने ।

उपप्रधानमन्त्री सिंहले बैंक तथा वित्तीय संस्थाले संस्थाको उन्नति र प्रगतिका निम्ति पनि त्यहाँ कार्यरत कर्मचारीहरूको सेवा, सुविधा समयसापेक्ष बनाउन आवश्यक रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !