९ मंसिर २०८१, आइतबार

चिकित्सकहरुमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः गण्डकी प्रदेश मुख्यमन्त्री पाण्डे

प्रकाशित मिति :  24 November, 2024 7:47 am


काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चिकित्सकहरुमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहार सैह्य नहुने चेतावनी दिएका छन्।

द सोसाईटी अफ सर्जनस नेपाल र साउथ एशियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरुमाथि दुर्व्यवहारका घटना भएको दृष्टान्त पेश गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिए।

उनले चिकित्सकहरुलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह पनि गरे। चिकित्सकहरुमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

उनले भने, “सबै डाक्टरहरुलाई आफ्नो पेशामा इमान्दारितापूर्वक र निर्भिकतापूर्वक अगाडि बढ्न पनि म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु । र यहाँहरुको त्यो समस्याका लागि गण्डकी प्रदेश सरकार यहाँहरुको साथमा रहनेछ भन्नेकुरा म यहाँहरुको बीचमा विश्वास व्यक्त गर्न चाहन्छु ।”

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पु¥याउनका लागि सक्दो पहल गरिरहेको पनि बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !