९ मंसिर २०८१, आइतबार

गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु

प्रकाशित मिति :  24 November, 2024 1:52 pm


काठमाडाैँ ।गाजा पट्टीमा इजरायली आक्रमणमा १७ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

उत्तरी गाजापट्टीको गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायटोन छिमेकमा रहेको एउटा घरमा इजरायली आक्रमणबाट तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको वाफाले जनाएको हो । दक्षिणी गाजा पट्टीको खान युनिसमा तीनवटा घरमा भएको गोलाबारीमा बालबालिका सहित नौ व्यक्तिको मृत्यु भएको छ ।

यसले मध्य गाजाको नुसेरात शिविरमा रहेको एउटा अपार्टमेन्टमा बम विष्फोट हुँदा एक व्यक्तिको मृत्यु भएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीहरूको मृत्यु हुने संख्या ४४ हजार ५६ पुगेको छ । 



प्रतिक्रिया दिनुहोस !