एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताएका छन् ।
सोमवार धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण कार्यक्रममा बोल्दै उनले सो विश्वास व्यक्त गरेका हुन्। उनले एनपिएलको चर्चा स्वदेशमा मात्र नभए विदेशमा समेत भइरहेको भन्दै एनपिएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताए ।उनले सबै टिमलाई जितको अग्रिम शुभकामना दिए ।उनले खेल क्षेत्रले नेपाललाई अब विश्वमा चिनाउने पनि बताए ।
उनले भने, “एनपिएलले यस पालिको जुन चर्चा र परिचर्चा भइरहेको छ, त्यसमा सम्पूर्ण नेपालीलाई मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि यसको त्यत्तिकै चर्चा र परिचर्चा भइरहेको छ । सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । एनपिएलले आर्थिक रुपमा मात्रै होइन, औद्योगिक रुपमा पनि त्यत्तिकै सशक्त रुपमा अघि बढेको हुनाले क्यानका सबै साथीहरु, उद्योगी, बैंकर्स सबैलाई धन्यवाद दिन चाहन्छु । यसबाट नेपालको आर्थिक, पर्यटक रुपमा निकै ठूलो अघि बढ्छ ।”