प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवाः चीनबाट ऋण लिने होइन्, अनुदान लिन तयार छौं
प्रकाशित मिति : 25 November, 2024 1:37 pm
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामथ्र्य नरहेकाले अनुदान लिनुपर्ने धारणा काँग्रेसको रहेको स्पष्ट पारेका हुन्। उनले चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको बताए ।
उनले भने,”लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ।”
सभापति देउवाले चीन मित्र राष्ट्र भएको र किन त्यहाँ नजाने भन्दै प्रश्न गरे ।