राष्ट्रिय शहरी नीतिलाई मूर्त रूप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह
काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन शहरी नीतिलाई मूर्त रूप दिन आवश्यक रहेको बताएका छन् ।
सोमवार विश्व शहर दिवस तथा विश्व सहरी योजना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री सिंहले राष्ट्रिय सहरी नीतिलाई छिट्टै मन्त्रिपरिषद् बैठकबाट मूर्त रुप दिनुपर्ने भएकाले तदारुकताका साथ काम गरिरहेको बताए । उनले सहर निर्माणका क्रममा स्थानीय सरकार र अध्ययनशील युवाहरुका विचारहरुलाई समावेश गर्न आवश्यक रहेको बताए ।
उनले पुर्खाहरूले छोडेर गएको विरासतलाई सँगसँगै लगेर शहरी विकासका कामहरू गरेर विश्वलाई चिनाउनुपर्ने बताए । मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी शहर निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।
विश्वमा चलेको शहर विकासको ट्रेण्डलाई पछ्याउँदै सहरीकरणका योजना बन्नुपर्नेमा उनको जोड थियो । -न्युज एजेन्सी नेपाल