११ मंसिर २०८१, मंगलबार

लुम्बिनीका अस्पताल र स्वास्थ्य संस्थामा सेवाग्राहीले सजिलोसँग बुझ्नेगरी सूचना राख्न निर्देशन

प्रकाशित मिति :  26 November, 2024 3:35 pm


दाङ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सेवाग्राहीले सहज रूपमा देख्ने, पढ्न मिल्नेगरी सेवा शुल्क सहितकाे विवरण राख्न सबै अस्पताल तथा स्वास्थ्य संस्थालाइ निर्देशन दिएकाे छ ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनतालाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी सेवा शुल्क सहितकाे विवरण सबैले सजिलोसँग देख्ने, पढ्न मिल्नेगरी राख्न निर्देशन जारी गरेका हुन् । स्वास्थ्य सेवा लिन जाने तर, कुन सेवा निःशुल्क हाे । कुन सेवामा शुल्क लाग्छ थाहा नहुदा समस्या परेको देखिन्छ । स्वास्थ्य मन्त्री सारुले भने,”सेवा प्रवाहलाई सहज र सेवाग्राही मैत्री बनाउन सूचना प्रवाहलाई चुस्त बनाउनेगरी निर्देशन जारी गरेका हौं ।” मन्त्रालयले मंगलवार पत्र काट्दै सरकारी तथा निजि, सामुदायिक रुपमा सञ्चालन भएका अस्पतालहरूमा निर्देशन जारी गरेको वरिष्ठ स्वास्थ्य शिक्षा प्रसासक महाशाखा प्रमुख नोद नारायण चौधरीले जानकारी दिए ।

स्वास्थ्य संस्थाहरूले सेवाग्राहीले सहज रूपमा बुझ्न नसक्ने गरी सुचना प्रवाह गर्ने गरेका छन । अब देखि सहज रुपमा सेवाकाे बारेमा जानकारी दिनेगरी व्यवस्था मिलाउन निर्देशन दिइएको हाे । प्रदेशका सबै स्वास्थ्य संस्थाहरूले दिने सुविधाहरूको सुचि स्पष्ट रूपमा देखिने र जनताले बुझने गरि राख्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !