११ मंसिर २०८१, मंगलबार

संविधानअनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा अध्ययन गर्न संसदीय उपसमिति गठन

प्रकाशित मिति :  26 November, 2024 5:50 pm


काठमाडाैँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको बैठकले संविधानअनुसार बन्न बाँकि कानूनहरुको संसद्मा ल्याउन भनि दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न नेकपा (माओवादी केन्द्र) का सांसद डा. डा.वेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई अध्ययन प्रतिवेदन समितिमा पेश गर्न आजैको मितिदेखि एक महिनाको समय दिइएको समिति सभापति तुलसा कुमारी दाहालले बताइन् । उनकाअनुसार उपसमितिले कुन मन्त्रालयले कति वटा विधेयक ल्याए र कति वटा विधेयक ल्याउन बाँकि छन् भन्न विषयमा अध्ययन गर्नेछ । उपसमितिले बुझाएको प्रतिवेदनको आधारमा सम्बन्धित मन्त्रालयलाई समितिले सुझाव तथा निर्देशन उनको भनाइ छ । केही ऐनहरू पञ्चायतकालका तथा संविधान बन्नुभन्दा पहिलेका समेत रहेको उल्लेख गर्दै उनले ति ऐनहरुलाई समसामयिक बनाउनका लागि मन्त्रालयहरूसँग आवश्यक छलफल र सहाकार्य गर्ने बताए ।

दलीय आधारमा समिति सदस्यहरु तोकिएको सभापति दाहालले बताए । समितिको सदस्यहरूमा नेकपा (माओवादी केन्द्र)बाट गंगाकुमारी वेल्वासे, नेकपा (एमाले)बाट गोपाल भट्टराई, नेपाली काँग्रेसको तर्फबाट विष्णुदेवि पुडासैनी र जनता समाजवादी पार्टी नेपालबाट मृगेन्द्रकुमार सिंह यादव रहेका छन्।



प्रतिक्रिया दिनुहोस !