१२ मंसिर २०८१, बुधबार

भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान

प्रकाशित मिति :  27 November, 2024 11:19 am


काठमाडाैँ । भारतको वित्त मन्त्रालयले जारी गरेको मासिक आर्थिक समीक्षा अक्टोबर २०२४ ले बम्पर ग्रीष्म बाली फसलका कारण खाद्य मुद्रास्फीतिमा कमी आउने आँकलन गरेको छ ।

भारी वर्षाका कारण आपूर्ति अवरोधका कारण खाद्यान्नको मूल्य बढेकोले अक्टोबरमा खुद्रा मुद्रास्फीति १४ महिनाको उच्च ६.२१ प्रतिशतमा पुगेको छ । तर प्रतिवेदनले आगामी महिनाहरूमा अनुकुल परिस्थितिले खाद्य मुद्रास्फीति घटाउने अनुमान गरेको छ । समीक्षाले स्थिर माग बृद्धि, बलियो उत्पादन र सेवा क्षेत्र गतिविधि, र विशेष गरी उत्पादनमा रोजगारी बिस्तारको साथ भारतको आर्थिक लचिलोपनलाई प्राथमिकता दिएको छ ।

कमजोर वाह्य मागका कारण वस्तुको निर्यातमा मध्यम वृद्धि भएकोले द्रुत आयात वृद्धिको दबाबमा व्यापार घाटा छ । प्रतिवेदनले भारतको निर्यात रिकभरीले विकसित बजारमा मागमा आएको कमीका कारण चुनौतीहरूको सामना गर्नसक्छ र विश्वव्यापी ब्याजदर, भूराजनीतिक विकास र अमेरिकी नीतिगत निर्णयहरूले व्यापार र पूँजी प्रवाहलाई प्रभाव पार्ने कुरामा जोड दिएको छ । 



प्रतिक्रिया दिनुहोस !