फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र
प्रकाशित मिति : 27 November, 2024 2:51 pm
काठमाडाैँ । फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
बुधवार प्रधानमन्त्रीको निवास बालुवाटारमा नवनिर्वाचित फोटो पत्रकार समूह नेपालका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । उनीहरूले फोटो पत्रकारहरूका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
फोटो पत्रकारितालाई थप व्यवस्थित बनाउँदै लैजान सरकारले सहयोग गर्नुपर्ने माग उनीहरूको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले फोटो पत्रकारको भुमिका महत्वपूर्ण रहेको र सरकारले पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।