काँग्रेस, एमाले र माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन
प्रकाशित मिति : 28 November, 2024 6:00 pm
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताएका छन् ।
बिहीवार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गरे । उनले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गरे । उनले सरकारी निकायहरुमा काँग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताए । सर्वोच्च अदालतमा काँग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गरे ।
अध्यक्ष लिङदेनले अब सिंगो देश एउटा निर्वाचन क्षेत्र हुनुपर्ने र जनता स्वयंले प्रधानमन्त्री चुन्न पाउनुपर्ने बताए । उनले सरकारलाई विदेशीले कहिले लडाउने हो भनेर डर पैदा भइरहेको बताए ।