विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरूको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकताः मन्त्री सुडी
काठमाडाैँ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरूको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
शुक्रवार बालअधिकारको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले बालबालिकाहरू देशको भविष्य मात्र नभइ वर्तमानका लागि पनि महत्वपूर्ण रहेको बताएका हुन् । बालबालिकाको शिक्षा र स्वास्थ्य सरकारको प्राथमिकताको विषय भएको बताए।
नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानूनी व्यवस्था राखेको बताए । उनले बालविवाह अन्त्य, बालविवाह श्रमउन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हाँसिल गरेको बताए।
मन्त्री सुडीले भने, “नेपालको सशस्त्र द्वन्द्वको समयमा बालबालिकाको भुमिका निकै महत्वपूर्ण रह्यो । तथा नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानूनी व्यवस्था राखेको छ । हामीले बालविवाह अन्त्य, बालविवाह श्रमउन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेका छौँ,” उनले भने ।
मन्त्री सुडीले बाल अधिकारको संरक्षण र प्रवद्र्धनमा अझ सशक्त रुपमा लाग्न आह्वान गरे । –न्युज एजेन्सी नेपाल