दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न थप ५ दिन म्याद थपियो
प्रकाशित मिति : 29 November, 2024 4:00 pm
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथी अनुसन्धान गर्न अदालतले थप ५ दिन म्याद थप्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो । यस अघि पनि प्रसाइलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई प्रहरीले मंसिर ५ गते पक्राउ गरेको हो । प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । पक्राउ परेकै दिन उनलाई अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।