१० औं राष्ट्रिय खेलकुद फागुनभित्रै र कर्णालीमै हुन्छः खेलकुदमन्त्री चौधरी
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुद फागुनभित्रै हुने दाबी गरेका छन् ।
आइतवारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले उनले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू कर्णालीमै र फागुनभित्रै हुने प्रतिवद्धता जनाएका हुन् । उनले पत्रिकाले लेखेको समाचार हेरेर भ्रममा नपर्न पनि मन्त्री चौधरीले सांसदहरूसँग आग्रह गरे ।
उनले दशौं राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि तोकिएकोमा भौतिक पूर्वाधारको कमीका कारण सञ्चालन गर्न नसकेको भएपनि अब मिति नसर्ने बताए । प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको भन्दै फागुनमै हुनेमा विश्वस्त हुन आग्रह गरे ।भौतिक पूर्वाधार करिव सकिएको र अहिले पनि खेलाडीहरूको व्यवस्थापन ठूलो चुनौति रहेको बताए ।
मन्त्री चौधरीले देश र युवाहरुको चाहना खेलकुदमा सोचे भन्दा बढी आकर्षण रहेको बताए । सरकारले खेलकुदमा बजेट बढाउन नसके युवाहरूको चाहना पूरा गर्न नसकिने उल्लेख गरे ।