२० मंसिर २०८१, बिहिबार

०८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छः अध्यक्ष लिङदेन

प्रकाशित मिति :  1 December, 2024 4:56 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन् ।आइतवार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको बताएका हुन् ।

उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताए ।उनले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे ।उनले नेपाली काँग्रेस- नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरू खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए ।

सरकारका प्रधानमन्त्री र मन्त्रीहरू चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताए ।काँग्रेस- नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) उनीहरूकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै जनताले अब तीन वटै पार्टीलाई पूर्ण रूपमा चिनेको बताए ।हामीले आफ्नो क्रियाशिलता बढाउनुपर्ने समय आयो । हेर्नुस्, हामीले अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट हामीलाई छैन । अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !