बर्दियाको ठाकुरबाबामा ६३.७९ प्रतिशत मत खस्यो
प्रकाशित मिति : 1 December, 2024 8:21 pm
दाङ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडानम्वर ४ मा ६३.७९ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले बर्दियाले जनाएको छ । वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ६३.७९ प्रतिशत अर्थात् दुई हजार दुई सय ३९ मत खसेको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले तोकेको समय विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो । दुईवटा मतदानस्थल भएको सो वडामा कृषि पशु सेवा केन्द्रमा सात सय ४२ र बबर्इ शिशुमन्दिर मावि बर्गदहामा एक हजार चार सय ९७ मत खसेको थियो । निर्वाचनका ५ वटा मतदाता केन्द्र राखिएको छ ।
ठाकुरबाबा नगरपालिका ४ मा महिला एक हजार आठ सय ३९ र पुरुष एक हजार छ सय ७१ गरी मतदाता तिन हजार पाँच सय १० जना मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले मतगणनाको तयारी सुरु भएको जनाएको छ ।