बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका अमिन थारु विजयी
प्रकाशित मिति : 2 December, 2024 5:08 am
दाङ। बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी भएका छन् । हिजाे आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार थारु १ हजार ४३ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शेरबहादुर थारुले ६ सय ७८ मत प्राप्त गर्दा नेकपा (एमाले) का विष्णुप्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त गरेका छन् ।
२०७९ को निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका सूर्यबहादुर विष्ट १ हजार २ सय ९ मतसहित विजयी भएका थिए ।