१८ मंसिर २०८१, मंगलबार

रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला मनाइयो

प्रकाशित मिति :  2 December, 2024 6:32 pm


काठमाडाैँ । रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो ।

भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासंग भेट गराई फूलबारी लिला मनाइन्छ ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँगै फूल टिप्न गएकी सीतासँग पहिलो पटक भेट भएको वाल्मिकी रामायणमा उल्लेख छ । त्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !