११ पुस २०८१, बिहिबार

दरबारमार्गमा धमाधम फुटपाथ विस्तार गरिँदै (फाेटाे फिचर)

प्रकाशित मिति :  3 December, 2024 2:32 pm


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले फुटपाथ बिस्तार कार्यक्रमअन्तर्गत दरबारमार्ग क्षेत्रमा काम तिब्रताका साथ अघि बढाएको छ ।

फुटपाथ बिस्तारअन्तर्गत महानगरले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको हो । प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्न समेत सास्ती हुने गरेको थियो ।

महानगरपालिकाले महानगरभित्रका प्रमुख व्यापारिक केन्द्रहरुमा पुटपाथ बिस्तार गर्दै आएको छ । केही समयअघि महानगरपालिकाले न्युरोड लगायतका क्षेत्रमा पनि फुटपाथ बिस्तार गरेको थियो ।

न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !