१९ मंसिर २०८१, बुधबार

अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछः मन्त्री सुडी

प्रकाशित मिति :  3 December, 2024 2:54 pm


काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलवार अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदो आर्थिक वर्षको बजेटमा यस शिर्षकमा बजेट छुट्याउँदै निजी तथा सरकारी निकायहरूसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिहरूलाई सहयता सामग्री प्रदान गरिने बताएका हुन् ।

उनले अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै दिवसले जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न सबैलाई प्रेरणा मिल्ने बताए ।

उनले गत सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने भनरे सम्झौता गरेपनि बजेट नछुट्याएको बताए । बजेट बन्ने समयसम्म आफू मन्त्री रहेको खण्डमा बजेटको प्रवन्ध गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता प्रदान गर्ने उनको प्रतिवद्धता छ । —न्युज एजेन्सी नेपाल 



प्रतिक्रिया दिनुहोस !