१८ मंसिर २०८१, मंगलबार

राज्यमन्त्री तामाङले भने: नेपालमै विद्युत खपत बढाउनुपर्छ

प्रकाशित मिति :  3 December, 2024 4:24 pm


काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमै विद्युत खपत गर्न सक्नुपर्ने बताएका छन् ।

फोटो पत्रकार क्लवको मंगलवारबाट काठमाडौंको कला परिषद्मा शुरु भएको पावरिङ—नेपालः उर्जा क्षेत्रमा एशियाली विकास बैंक(एडिबी)-नेपाल साझेदारीको पाँच दशक विषयक फोटो प्रदर्शनीको उद्घाट गर्दै राज्यमन्त्री तामाङले नेपालमा उत्पादित विद्युत अब बेच्नेतिर भन्दा पनि स्वदेशमै खपत बढाउनुपर्नेमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरेका हुन् ।

उत्पादित विद्युत खपत बढाउन नेपालमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

“अब हामी नेपालमा विद्युत यत्रो उत्पादन सुरू भइरहेको छ । अब विद्युत बेच्ने कुराहरू भनिसक्नुभएको छ । बंगलादेश, भारतमा बेच्ने कुराहरु भइरहेको छ । तर अब नेपालमा खपत गर्नुपर्छ । काठमाडौँ उपत्यकाका तीन वटा जिल्लामा करिव ३ हजार ट्याक्सीहरु चलिरहेको छ । पोखरामा २२ सय ट्याक्सी चलिरहेको छ पेट्रोलमा । विराटनगर, भैरहवा, जेपालगञ्ज, जनकपुरमा चलिरहेको छ । अब उर्जा मन्त्रालयले विद्युतीय ट्याक्सी चलाउन विदेशी दातासँग सहयाग मागेर अघि बढ्नुपर्छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !