उपसभामुख रानाले भनिन्ः शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ
काठमाडाैँ । उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताएकी छन् । मंगलवार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरूको प्रभावकारिताबारे छलफलमा बोल्दै उनले अहिलेसम्म शिक्षा विधेयक बन्न नसक्नु दुःखद् भएको बताएकी हुन् ।
उनले शिक्षा नीतिले देशको भविष्य निर्धारण गर्ने भन्दै राम्रो नीति बनाउनुपर्नेमा जोड दिइन् । उनले स्वदेशमै रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने बताइन् ।
“अहिलेसम्म हाम्रो शिक्षा विधेयक बनेको छैन । त्यो शिक्षा नीति, विधेयकले हाम्रो देशको भविष्य तय गर्दछ । अहिले हामीसँग त्यो राम्रो नीति नै छैन । उहाँहरूले रोजगारका कुराहरू गर्नुभएको छ । हामी पश्चिमी मुलुकमा पठाउँछौँ बच्चाहरूलाई । पश्चिमी मुलुकमा जान तयार बनाउँछौँ । अहिले टेन प्ल्स टुका स्टुडेण्डहरू हेर्ने हो भने सबै विदेश जान प्रिपेयर गरिरहेका छन्,” उनले भनिन् ।