राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे बुझ्न कार्यवाहक प्रधानमन्त्री सिंह अस्पताल पुगे
प्रकाशित मिति : 4 December, 2024 4:40 pm
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल पुगेका छन् ।
राष्ट्रपति पौडेलकाे स्वास्थ्य अवस्थाबारे बुझ्न कार्यवाहक प्रधानमन्त्री सिंह आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्। राष्ट्रिपति पौडेल प्रोस्टेटको उपचारका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन ।
राष्ट्रिपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले जानकारी दिएका छन्।