रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
प्रकाशित मिति : 4 December, 2024 5:22 pm
काठमाडौँ । पर्साको सानापाइला सहकारी ठगीको आरोपमा रवि लामिछाने र छविलाल बन्जाडे जोशीसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ।
वीरगञ्जको सानो पाइला सहाकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको हो ।