११ पुस २०८१, बिहिबार
स्वास्थ्य स्वयंसेविका दिवसमा लुम्बिनीका स्वास्थ्य मन्त्रीको शुभकामना

‘स्वयंसेविकाले पुर्‍याएको योगदान प्रेरणादायी’

प्रकाशित मिति :  5 December, 2024 9:09 am


दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा स्वयम् सेवाको महत्त्वपूर्ण योगदानलाई स्मरण गर्दै २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्य मन्त्री सारुले सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूमा सम्मान, कृतज्ञता र शुभकामना व्यक्त गरेका हुन् ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य प्रणालीको आधार स्तम्भ बनेर समुदायको स्वास्थ्य सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यमा अतुलनीय भूमिका निर्वाह गरेको स्मरण गर्दै स्वास्थ्य मन्त्री सारुले मातृ शिशु स्वास्थ्य, खोप अभियान, पोषण, परिवार नियोजन, रोग नियन्त्रणलगायतका क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले पुर्‍याएको योगदान प्रेरणादायी बनेको बताए ।

स्वास्थ्य स्वयंसेविकाको माध्यमबाट स्वास्थ्य सेवाहरू दुरदराजसम्म प्रभावकारी रूपमा पुग्न सकेको उल्लेख गर्दै लुम्बिनी प्रदेश सरकार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि, प्रोत्साहन, सेवा सुविधाको सुदृढीकरणमा प्रतिबद्ध रहेको जनाए ।



प्रतिक्रिया दिनुहोस !