२६ मंसिर २०८१, बुधबार

आजदेखि मतदाता नामावली दर्ता सुरु हुँदै

प्रकाशित मिति :  8 December, 2024 7:56 am



काठमाडौँ । निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट आइतबारदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ । स्थानीय तह उपनिर्वाचनको मिति घोषणा भएपछि असोज पहिलो सातादेखि नामावली सङ्कलन कार्य रोकिएको थियो ।

निर्वाचन आयोगका पदाधिकारी बैठकले अवरुद्ध नामावली सङ्कलन, दर्ता तथा अद्यावधिक कार्य आइतबारबाट सुरु गर्ने निर्णय गरेको हो ।

आयोगले पेसा, व्यवसाय वा अन्य कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै स्थानीय तह वा प्रदेशमा बसोबास गरे पनि प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत् आवेदन गर्न सक्ने व्यवस्था मिलाएको छ । आयोगको वेबसाइटमार्फत् नामावली राख्ने व्यक्तिको स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले दर्तासँगै नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम भएको भए हटाउने र मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कामसमेत प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत गर्न सक्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !