२६ पुस २०८१, शुक्रबार

गाजा-इजरायल युद्धको १४ महिनापछि बाबुरामले भनेः २१ औं शताब्दीमा यति क्रुर नरसंहार  हुनु लज्जाको विषय

प्रकाशित मिति :  9 December, 2024 2:52 pm


काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमवार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले २१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको आरोप लगाएका हुन् । उनले प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज आफूहरूले आवाज उठाएको बताए । उनले अहिले इजरायल राज्य वास्तवमा प्यालेस्टाइन राज्य भएको भन्दै सम्झौता गरेर दुई भागमा विभाजित गरेपछि पनि एकअर्कालाई नस्वीकार्ने कुरा गम्भीर रहेको बताए ।

संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको र नेपालले सत्य र न्यायको पक्षमा मतदान गर्नुपर्ने बताए । उनले सत्य र न्यायको पक्षमा बोल्न नसक्ने कुराले मानव हुनुको अर्थ नराख्ने र नेपाली हुनुको अर्थ नहुने बताए । 

अध्यक्ष भट्टराईले सत्य र न्यायको पक्षमा बोल्न डराउनु नहुने बताए । गाजा—प्यालेस्टाइन युद्ध सुरू भएको १४ महिनापछि सोमवार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान सुरू गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !